भिम राई
पत्रकारिता सूचना र संचार बाँढ्ने पहिलो सेवा प्रदायक पेशा हो । सूचना र संचारलाई दुनीयाँले एउटा प्रमुख शक्तिका रुपमा ग्रहण गर्दछन् । ठुला ठुला शासक तथा प्रशासकहरुको लागि समेत सूचनाको खाँचो हुन्छ । सूचना सबै भन्दा ठुलो शक्ति हो भन्ने सबैलाई थाहा छ । यस्ता कुरा थाहा पाएकाहरुले सके सम्म आफुले सूचना लिने अनि लुकाउने प्रवृति धेरै पाईन्छ । यो प्रवृत्तिले भुक्तभोगी सर्वसाधरणहरु जहिल्यै पनि निम्छरो नै रहने गर्दछन् । यीनै निम्छरो हुँदै गएको सर्वसाधरणलाई शक्तिशाली बनाउन सूचना र संचारलाई उद्योगका रुपमा विकास गरिएको हो । सूचना र संचार उद्योगमा काम गर्ने मजदुरहरु सबै श्रमजीवि हुन् । यस मध्ये सबै भन्दा अगाडि सूचनाको खोज गरेर आम सर्वसाधरणका लागि स्वादिस्ट समाचार उत्पादन गर्ने व्यक्ती नै पत्रकार हुन् ।
कृषकले अन्नवाली उत्पादन गर्ने, शिक्षकले विद्यार्थी उत्पादन गर्ने, कारखानाका मजदुरले विभिन्न सामग्री उत्पादन गरे जस्तै पत्रकारले पनि समाचारहरुको उत्पादन गर्छन् । यसरी उत्पादन गरेको समाचारहरु उनिहरुले पाठकहरु समक्ष बेच्नु पर्ने हुन्छ । यसरी बेचिएका सुचनाहरुले आम नागरिकमा जानकारी पुुग्छ र नया सोच तथा विचारहरुको जन्म गराउँछ । यो हेर्दा सामन्य प्रकृया जस्तो देखिएपनि सूचना र संचारको महत्व सिँगो विचार तथा योजना बनाउनलाई सहयोगी बन्छ । मानिसले हरेक घटना तथा विषयवस्तुलाई देख्ने, हेर्ने, बुुझ्ने र अनुशरण गर्ने प्रकृयामा समेत यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । जसलाई हामीले संचारको प्रकृयाको रुपमा लिने गर्दछौ ।
यस प्रकृयामा राज्यको सबै खाले संयन्त्रहरु सचेत हिसाबले लाग्नु पर्दछ । यसरी संचारको प्रकृयालाई ठिक ढँगले संचालन गर्न सकेमा या यसमा लागेकाहरुले मिहेनत गर्ने हो भने समाजलाई बदल्न ठुलो मद्यत पुुग्दछ । तर यस कर्ममा लाग्नेहरुले ठिकै गरिरहेका छन् त ? प्रश्न यहाँबाट शुरु हुन्छ । के सबैको सामुमा सुचनाको पहुँच पुुगेको छ । सुन्न, जान्न र बुुझ्न पाउने वर्गले सहि सूचना पाईरहेका छन् ? प्रश्न गम्भिर त छदैँछ । राज्यले समेत सूचनाको हकलाई संविधानमै मौलिक हकका रुपमा व्यवस्था गरिसकेको छ । नेपालको संविधान २०७२ को धारा २७ मा स्पष्ट रुपमा सूचनाको हक स्थापित गरेको छ । आम नागरिकको सूचना पाउने हक सुरक्षित रहेको अवस्थामा हाम्रा सरकारी संयन्त्रहरु इमान्दारीताका साथ सूचना बाँढ्न तयार छन् त ?
अहिले सम्मको प्रयासहरु हेर्दा त्यस्तो देखिदैन राज्यका हरेक निकाय तथा सार्वजनिक पदधारण गरेका व्यक्ति तथा संस्थाहरु सकेसम्म सूचना गुपचुप गर्न लालयीत हुन्छन् । दिनुपर्ने सूचना सहि ढँगले समयमा दिन तयार छैनन् । विभिन्न स्वार्थका कारण सूचनाहरु कागजी प्रकृयामात्र पुरा गरेर सकिन्छ । समाचारको खेति गर्नेहरुले समेत विभिन्न आशयमा सहि सूचनाको हत्या गरिरहेका हुन्छन् ।
यी विढम्बना कसको कमजोरीका कारण भए होलान् । सजिलो उत्तर छ हाम्रो । हामी सूचना लिने दिनहरुकै कारणले समस्या आएको हो । तर यति मात्र भनेर पुुग्दैन । हामीले खोजेको सूचना पाउनलाई समाचार उत्पादन गर्ने कारखानाहरुलाई पनि व्यवस्थित बनाउन पर्दछ । उद्योग तथा कारखानालाई व्यवस्थित बनाउने जिम्मेवारी राज्यको पनि हो । जब राज्यले यसलाई सहि ढँगले सहयोग, नियन्त्रण, नियमन र व्यवस्थापन गर्दैन भद्रगोल सिर्जना भईनै रहन्छ ।
पत्रकारले समाचार उत्पादन गर्न बाँच्नु पर्दछ । उसले उत्पादन गरेको समाचार बजारमा बिक्रि हुनु पर्दछ । सबै आम नागरिकले ती समचारहरु किन्न सक्दैनन् । तर उनिहरुलाई त्यो समाचार अर्थात सूचना अनिवार्य थाहा पाउन जरुरी छ । हो यसबेला सरकारले यस्ता सूचनाहरु किनेर आम नागरिकलाई बाँढ्नु पर्दछ । यसको अर्थ संचार उद्योगहरुलाई सूचना तथा विज्ञापन दिएर आम नागरिककालागि समाचारहरु किनि दिनुपर्दछ । यहि नीतिका साथ राज्यले लोक कल्याणकारी विज्ञापनको अवधारणा समेत लिएको छ ।
तर यता हाम्रा स्थानीय स्तरमा रहेका सरकारी निकाय तथा अन्य सेवा प्रदायक हुँ भन्ने संघ संस्थाले भने पत्रकारहरुले छाप्न पाउने विज्ञापन तथा सूचनाहरुमा सेण्डिकेट खडा गरेको पाईन्छ । कानुनी हिसाबले प्रकाशन तथा प्रशारण गर्न पाउने सूचना तथा विज्ञापनहरु समेत स्थानीय संचार माध्यामहरुले पाउँदैनन् । यो समस्याले संचारकर्ममा लाग्नेहरुले वैकल्पिक पेशाहरु अपनाउनु पर्ने बाध्यता छ । संचारकर्म अर्थात पत्रपत्रिकाको विषयमा महान दार्शनीक कार्लमाक्सले १८४३ मै लेखेका छन् ‘पत्रपत्रिका जनताको वौद्धिक ऐना हुनुपर्दछ, उसको आवश्यकता र आकांक्षाको प्रतिविम्व हुनुपर्छ । पत्रकारितालाई नाफा दिने व्यवसाय, जीवनयापनको सामान्य साधन बनाउन हुुन्न । लेखकले बाँच्ने र लेख्ने सम्भावना पाउनका लागि कमाउनुपर्छ तर कदापि कमाउनका लागि बाँच्नु र लेख्नु हुन्न ।’ – कार्लमाक्स (– Rheinsiche Zeitung ) सन १८४३
यसो भनिरहँदा संचारको क्षेत्रमा लागेकाहरुको पनि उतिकै महत्वपुर्ण जिम्मेवारी छ । अहिले सामाजिक सञ्जालहरुमा लेखिएका जस्तै सूचना र समाचारले मात्र यो दावि गर्न पुुग्दैन । जब पत्रकारले हजुरी र गुलामी र प्रतिशोधी पत्रकारिता गर्न थाल्छ त्यसबेला यो दावि गर्नुको औचित्य समाप्त भईसकेको हुन्छ । कसैलाई सिध्याउने या कसैले उकास्ने किसिमका सूचनामा मात्र ध्यान जान थालेपछि हाम्रा सूचनाहरु कमजोर हुन थाल्छन् । केही मुलुकमै नाम कहलिएका संचारगृहको लज्जास्पद समाचार देखेपछि पत्रकारिताको निरिहपन झल्किएको छ । पत्रकारितामा लेखेर प्रकाशन भईसकेको समाचार तत्काल फिर्ता गर्नुपर्ने बाध्यताले जब सूचना र सूचनाको श्रोतहरु कमजोर हुन्छ । पत्रकारहरुसँग श्रोतहरु भाग्न थालेपछि नागरिकले सहि सूचना पाउने अधिकारबाट बञ्चित हुन्छ । यसको जिम्मा स्वयंम पत्रकारले लिउन् ।