दिक्तेलमा भएको चित्रकला प्लेन एअर कार्यशालाले निर्माण गरेको भाष्यहरु


भिम राई
खोटाङ जिल्लाको सदरमुुकाम दिक्तेलमा रहेको नगरपालिकाले यस बर्ष मौसम प्रतिकुुलताको बीचमा ऐतिहासिक मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एअर कार्यशाला सम्पन्न गरेको छ । नेपाल बाहेक बाहिरि १४ वटा देशका ख्याति प्राप्त चित्रकारहरुको सहभागीता रहेको कार्यशालाले खोटाङ जिल्लाको अलवा नेपाली समाजमा केही नया भाष्यहरुलाई जन्म दिन सफल बनेको छ ।

पहिलो त चित्रकला भनेको पनि अरु जस्तै महत्वपूर्ण विधा हो । यो विधामा पनि व्यवसायीक बन्न सकिन्छ । यसबाट पनि सम्मान सहित आय आर्जन समेत गर्न सकिन्छ भन्ने भाष्य निर्माण भएको छ । यो भाष्य खोटाङ जिल्लाको सदरमुुकाममा रहेको नगरपालिकाबाट शुुरु हुनुु महत्वपूर्ण संयोग पनि हो ।

यसले ग्रामिण भेगमा नक्सा कोरेर कपिको पाना खेर फालिस् ? भनेर गालि गर्ने आदरणीय अभिभावकहरुको लागि निकै महत्वपूर्ण रहने भयो । बालबालिकाले किन ड्रोइङ गर्ने भन्ने जवाफ दिन सक्ने भएका छन् । उता रातदिन घोकन्ते विद्या सबै भन्दा ठुलो हो भन्ने गुुरु गुुरुआमा तथा बेला मौकामा नराखी नहुने भएकाले राखिदिउँ न भन्दै अतिरिक्त क्रियाकलाप भित्र चित्रकला घुसाईदिने शिक्षण पद्धतीलाई अव भने जवाफ दिन बाध्य बनाएको छ ।

वास्तवमा चित्रकला एउटा नविनतम प्रतिभा हो र यसले पनि राष्ट्रिय अन्तर्रराष्ट्रिय क्षेत्रमा नाम चिनाउन र जीवन पाल्न सकिन्छ । भन्ने भाष्य निर्माण हुनुु खोटाङ जिल्लामा भएको मुुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एअर सफल बनेको छ ।

धेरै वर्ष अगाडि अरनिको (लिच्छवी कालिन कलाकार) भन्ने कालिगढ अर्थात कलाकारले छिमेकी राष्ट्र चिनमा गएर बनाएको तस्विर र यसले विस्वमा निर्माण गरेको सन्देशको पुुनारवृत्ति नाम राखेको चर्चा सेलाउँदै गएको बेला यो महत्वपुर्ण काम भएको छ । (अरनिको उपनाम बलबाहुु, आनिक आदी सन् ‘१२४५–१३०६’ प्रसिद्ध कलाकार तथा नेपालको राष्टिय विभुति हुन् )

खोटाङ जिल्ला आफैमा लैनसिँह बाङ्देलको पुुख्र्यौली जिल्ला हो । खोटाङको राखा बाङ्देलबाट दार्जिलिङ पुुगेका नाछिरिङ राईहरुको सन्तानका रुपमा लैनसिहँ बाङ्देलको जन्म भयो (वि.स. १९८१–२०५९) अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कहलिएका कलाकार बाङदेल चित्रकलाको अलवा साहित्यीक क्षेत्रको उज्जवल नाम खोटाङ सँग जोडिएको छ । यसो भनिरहँदा खोटाङ जिल्लामा कलाक्षेत्रमा लाग्ने थुप्रै कलाप्रेमीहरु हुनुु भएकै हो । राष्ट्रिय अन्तराष्ट्रिय रुपमा समेत ख्याति प्राप्त कलाकार अन्य विधामा थुप्रै रहनुु भएको छ ।

यद्यपी यस पटक समय महत्वपूर्ण रहन गयो । स्थानीय सरकारले काठमाडौँमा रहेको वरिष्ठ चित्रकार धनुु याक्खाको सहकार्यमा १४ वटा बाहिरि मुुलुुकका २० जना चित्रकार र नेपालका २४ चित्रकारहरुको जमघट गराउनुु आफैमा चुनौति पुुर्ण काम भएका छन् । जम्मा ४ दिनको खोटाङ बसाईमा दिक्तेल बजार आसपासको क्षेत्रमा भएको भव्य स्वागत तथा स्थान अवलोकनले चित्रकला व्यवसायीक विधा हो भन्ने बनाएको छ । करिब एकसय बढी क्यानभासहरु निर्माण भएका छन् । सामुदायीक तथा नीजि विद्यालयका विद्यार्थीहरुले चित्रहरुको अवलोकन मात्र गरेका छैनन् । उनिहरुले समेत चित्रहरु प्रस्तुुत गरेका छन् । यसले केही न केही अवश्य उर्जा थपेको छ ।

अर्को मुुन्धुम नाम अव एकल रहेन भन्ने भाष्य निर्माण भएको छ । मुुन्धुम एक नया सभ्यताको शुरुवातकालिन दर्शन हो । यसको अनुुशरण गर्दै जाँदा भएको विकासलाई नामकृत गर्न यो कार्यशाला सफल बनेको छ । मुुन्धुम शब्द १४ देशका २० जना ख्याति प्राप्त व्यक्तिको मन मस्तिष्कमा परेको छ । उनिहरुले आफ्नो देशमा यसका बारेमा केही न केही बोल्ने छन् । लेख्ने छन् । कोर्ने छन् । हिजो सम्म मुन्धुुम कुनै एक जातिय समुुदाय विशेष मानिदै आइए पनि अब त्यो यस्तो रहेन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले खडा गरेको यो नया भाष्यले मुन्धुम साझा सभ्यता हो भन्ने प्रमाणित गरेको छ ।

जे जसो भएपनि प्रतिकूल मौसमका वावजुद खोटाङमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ सम्पन्न भएको छ । जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोले आयोजना गरेको पाँच दिने मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी शनिबार सम्पन्न भइन सक्यो । जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले असोज १७ गतेदेखि चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी सुरु भएको थियो ।

सरस्वती माबिको प्रांगणमा आयोजित कार्यक्रम युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यता रहेको थियो । चित्रकला तथा प्रदर्शनीमा नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकार आएका थिए । २० जना विदेसी र २५ जना स्वदेसी चित्रकारले दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वा र शुभम फाउण्डेसनमा पुगेर क्यान्भासमा उतारेका थिए । कलाकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही समयपछि काठमाडौं आर्ट ग्यालरीमा लगेर प्रदर्शनीको योजना बनाइएको मेयर तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार