सुक्दै जाँदैछन् स्थानीय उत्पादन विनिमय गरिने ग्रामिण भेगका हाटहरु

 

कुनै समयमा लाग्ने ऐसेलुखर्कको शनिबारे हाट । तस्विर सामाजिक सञ्जाल

भिम राई

ग्रामिण भेगमा नियमित लाग्ने हाट तथा बजारहरु दिनप्रतिदिन घट्दै गईरहेका छन् । कुनै समय खोटाङ जिल्लामा रहेका निम्नवर्गका कृषकहरुले आफ्नो गर्जो टार्न स्थानीय हाटबजारमा किनबेच गर्ने गर्थे र नै हाट निकै घम्सा घम्सी लाग्ने गथ्र्यो । ग्रामिण दुरदराज सम्म सडकको सहज पहुँच नहुँदा यी र यस्ता बजारहरुले प्रमुख प्राथामिकता पाउने गर्दथ्यो । हाल ग्रामिण क्षेत्रमा वसोवास गर्ने मानिसहरुको आर्थिक व्यवस्थापन अन्य बाह्य कुराले नै व्यवस्थापन हुन थालेपछि हाटबजारको महत्व दिनप्रतिदिन घटाईदै छ । कुनै समय हप्तामा दुुईपटक सम्म लाग्ने हाट अहिले मरेर हप्तामा एक पटक लाग्दछ । यो पनि क्रेता र विक्रेता बाहेक कसैको उपस्थिति नरहँदा हाटमा मानिसहरु सिमित मात्रमा भेटिन्छन् । संचारको विकास भएपछि मानिसहरु भेटघाटकै लागिमात्र भनेर हाट जाँदैनन् । पहिले पहिले गाउँघरका मानिसहरुको भेटघाट तथा खबर आदानप्रदान गर्ने स्थलकारुपमा समेत हाटलाई प्रयोग गर्ने चलन थियो । निम्ता दिन होस या खबर पठाउन हाट नै जानु पथ्र्यो । हाटमा किन्न बेच्नमात्र नभई सम्बन्धहरुलाई जीवित राख्न हाटबजारले निकै ठुलो भुमिका खेलेको छ ।

स्थानीय कृषकहरुले उत्पादन गरेका वस्तुहरुको विनिमय गरिने यस्ता हाटबजारहरु विस्थापित हुँदै जाँदा ग्रामिण भेगमा उत्पादित कृषि उपज तथा खाद्यन्नमात्र होईन साना साना घरेलुु उत्पादनहरु समेत विक्रि वितरण हुन छाडेको छ । बेला तथा सिजनमा हुने खाद्यन्न, तरकारी तथा फलफुलहरु साटासाट गर्ने माध्याम रहेको हाटबजारमा लेकमा फलेको आलुु देखि बेसीमा फलेका आँपसम्म लेकमा फल्ने जौँ उवा देखि बेसीमा फल्ने धान कागुनी सम्म एकठाउँमा पाईने भएकाले पनि ती हाटबजारहरुको महत्व छुुट्टै रहेको थियो । त्यस्ता हाटबजारहरुमा विस्तारै आयातित सामाग्रीहरुको पसलहरु खुल्न थाले । स्थानीय उत्पादनको साटो तयारी वस्तुहरुको विक्रि वितरण बढ्न थाल्यो । यो सँगै विचौलिया अर्थात नाफाखोरहरुको समेत सानो सानो स्वरुपहरु देखिन थाले । एक वर्षमा एक पटक मधेस पुुगेर वर्षभरीलाई पुुग्ने नुन ल्याउने चलन थियो । पहाडकाहरु मधेस पुुगेर घीउसँग नुन साटेर ल्याउने गरेको पुर्खाहरुले अझै सुुनाउँछन् । एक पाथी घीउको आठपाथी सम्म नुन आउने गरेको समयको कुरा हो त्यो । अलिपछि व्यापारको रुपमा विचौलियाहरुको क्रियाशिलता बढ्यो । व्यवसायीहरुले नाफाका लागि शुरु गरेको व्यापारले एक प्रकारले ग्रामिण क्षेत्रमा राहत त दियो नै यो सँगै स्थानीय उत्पादनहरु विस्तारै हराउन थाले । स्थानीय उत्पादन बेचिने ठाउँमा मानिसहरु किन्न कै लागिमात्र हाट धाउन थाले ।

विशेष गरेर ग्रामिण भेगमा शनिबारे, सोमबारे, मंगलबारे बुधबारे, विहिबारे, शुक्रबारे बजारहरु बारको आधारमा पुर्णीमाका दिन, पञ्चमी, एकादशी र औँशिका दिन लाग्ने बजारहरु तिथिको आधारमा संक्रान्ति बजार, हरेलो बजार, रांकेबजार गतेको आधारमा लाग्ने गरेका बजारहरु हुन् । यसरी समय अनुकुुल र स्थान विशेष बजारहरुको गुुण समेत छुुट्टाछुुट्टै हुने प्रचलन रहेको थियो । अर्थात ती हाटमा विक्रि वितरणका लागि आउने उत्पादनले ती बजारको विशेषता समेत रहन्थ्यो ।

मुुलत खोटाङ जिल्लामा लाग्ने हाटहरुमा ऐसेलुखर्क शनिबारे हाटमा चामल खरिद विक्रि बढी हुने गथ्र्यो । सिजन अनुसार आँप र आलु साटासाट हुुन्थ्यो । धान र आलुु सरबर साटासाट हुुन्थ्यो । सोलुु र खोटाङको सिमानामा रहेको बजार भएकाले पनि सोलुुको सोताङ, खरिखोला, लुुग्ला हुँदै नाम्चे सम्म खोटाङको रावावेसी चामल पुुग्ने गथ्र्यो । पैकारीहरुले यसलाई व्यापार भन्थे । अर्खौलेमा लाग्ने सोमबारे बजार स्थानीय बदामका लागि प्रख्यात थियो । यसक्षेत्रमा बंगुरको पाठा अधिक हुुने भएकाले यसको फरक विशेषता रहेको थियो । यस्तै बाक्सिलामा लाग्ने बुधबारे बजार मालिङ्गोको चोयाबाट निर्मित डोको डालो, कोक्रा तथा मादलका लागि विशेष रहन्थ्यो । राँके तथा हरेलो बजारमा आलु र आँप विशेष हुने त्यस्तै सक्रान्ति बजार फलआहार स्कुसको जरा, तरुल विशेष हुने यी बजारका चरित्रहरु हुन् ।

तर यसरी लाग्ने हाटबजारहरुलाई ठुला मेला महोत्सवको आयोजना गर्ने गराउने चलनका कारण संकट पर्दै आएको छ । खासगरेर ठुला लगानीकर्ताहरुले चलाउने मेला महोत्सवको होडबाजीले ग्रामिणक्षेत्रको अर्थतन्त्रलाई नै ध्वस्त बनाउ थालेको छ । गरी बहुराष्ट्रिय कम्पनीले गरेको हस्तक्षेपका कारण समस्या झन बढ्दै गएको छ । हिजो गाउँमै पाईने पेय पदार्थहरु अहिले सबै हराउँदै गएका छन् । दही मोही जस्ता कुरा त परैको रह्यो स्थानीय स्तरमै उत्पादन हुने मदिराजन्य पदार्थ समेत अहिले विस्थापित हुन थालेको छ ।

खोटाङ जिल्लाको अधिकांश हाटहरुमा पहिलेका जस्ता स्थानीय उत्पादनहरु विक्रि वितरण हुँदैनन् । त्यसो त कुनै बेला लेक र बेसीको समानहरु साटासाट गरेर जीविको पार्जन गर्नैकै लागि हाटहरुमा अनिवार्य जानुपर्ने बाध्यता रहेको थियो । त्यसबेला ग्रामिण भेगका मानिसहरुले छोराछोरीलाई पढाउनका लागि आफुले उत्पादन गरेको सागसब्जि, लसुन प्याज, गोलभेँडा, खुुर्सानी जस्ता सामग्रीहरु बेच्नुपर्ने बाध्यता थियो । त्यसैबाट एकछाक मासुुखानु पर्ने बाध्यता थिए । त्यस समयको अर्थोपार्जनको माध्याम यीनै साना हाटबजार निर्विकल्प थिए । उत्पादन गर्नेले किनबेच गर्ने या साटासाट गर्नुको विकल्प थिएन । अहिले केही विकल्पहरु खुल्ला भएकैले पनि यस्ता किसिमको हाटहरु विस्तारै विस्थापित हुन थालेका छन् ।

उत्पादनसँग जोडिएको जीवनहरुलाई बाँच्न सहज पुु¥याउने यी साना हाटबजारहरुले धेरैको पढाई सकाएको छ । आफ्ना छोराछोरीको भविष्य सुन्दर बनाउन स्कुलको फि तिर्न मद्यत गरेको बजारहरुमा के पाईदैन थिए । खोटाङ जिल्लामा लाग्ने मुख्य हाटहरु विशेष गरेर तुलनात्मक हिसाबले व्यापारिक केन्द्रहरु केन्द्रीकृत भएका थिए । अहिले ती स्थानहरुमा स्थानीय उत्पादनको साटोमा आयातित तयारी वस्तुहरुको बढी विक्रि वितरण हुने गरेका छन् । खोटाङमा चिसापानी, सिम्पानी, खोटाङबजार, पञ्चमी, दिक्तेल, बुईपा, अर्खौले, एसेलुखर्क, जालपा, बाक्सिला र बुुइपा पञ्चरदोबाटो प्रमुख हाटहरु रहेका छन् । बारका आधारमा राखिएका यी बजार संकटमा छन् । स्थानीय उत्पादन खरिद तथा विक्री वितरण कम छन् । यस्तै धार्मिक हिसाबले लाग्ने हलेसीको रामनवमी, बालाचतुुर्दशी, शिवरात्री मेला बजारहरुमा समेत स्थानीय उत्पादन आउँदैन । छिटपुट रुपमा लाग्ने पर्व बजार तथा राँके, सक्रान्ति बजारहरुमा सिजन अनुसारको व्यापार व्यवसाय चल्ने गर्दछ ।

समग्रमा स्थानीय कृषि उपज तथा घरेलुु उत्पादनहरु विचौलियाको मारमा परेका कारण पनि समस्यामा छन् । उनिहरुले किसानलाई हाटसम्म आउन नदिई विचमै रोकेर परल मुल्यको आधामा सामग्री संकलन गरेर बजारलाई एकाधिकारमा पुु¥याउन थालेपछि हाटहरु सुक्दै गएका हुनु । सानो नमुना भनौँ खोटाङ जिल्लाको सदरमुुकाम दिक्तेलमा हप्ताको शनिबार र बुधबार लाग्ने हाट विहान उज्यालो हुँदा सकिन्छ । बजारको उपभोक्ता भन्दा विचौलियाहरु अगाडि नै गएर सामाग्री सस्तोमा कब्जा गर्छन । आफुले आफ्नो घरमा ल्याएर महंगोमा उपभोक्तालाई किन्न बाध्य बनाउँछन् । उत्पादन गर्ने किसान र उपभोग गर्ने मानिस विच हाटमा कहिल्यै भेट हुँदैन । उत्पादक र उपभोक्ताको विचमा विचौलियाहरुले कमाई गरिरहेको तितो यर्थात खोटाङ जिल्लामात्र होईन सायद आम ग्रामिण भेगको समस्या हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार