भिम राई
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा हप्ता दुुइदिन हाट लाग्छ । शनिबार र बुधबार लाग्ने हाटमा असली किसान र असली उपभोक्ताको भने कमै भेट हुुन्छ । विशेष गरेर हाटमा समान ल्याउने किसानहरु जस्ले दुखले केही कृषि उपजहरु उत्पादन गर्छन् उनिहरु विहानको ४.०० बजे नै बजार आईपुुग्छन् । यतिबेला खास उपभोक्ताहरु निन्द्रामा नै हुुन्छन् । यस विचमा बजारका विचौलियाहरु अगाडिनै हाटमा पुुगेर किसानले ल्याएको सबै उत्पादन किसानले ल्याएका उत्पादनहरु सस्तो मुुल्यमा किनि सकेका हुन्छन् । विहान ६÷७ बजेको समयमा पुुग्दा खास उत्पादन गर्ने किसान भेटिदैन । उनिहरु घरफर्की सकेका हुन्छन् । यतिबेला तिनै विचौलिया व्यापारीहरु नया किसान बनि सकेका हुुन्छन् । वास्तविक किसानबाट लिएको समान त्यहि बसेर उनिहरुले महङ्गो मुल्य निर्धारण गरेर विक्रि वितरण गरिरहेका हुुन्छन् । यसले न वास्तविक किसानले उचित मुल्य पाउँछ न त वास्तविक उपभोक्ताले सरल मुल्यमा सामान पाउँछ । यसले दिनभरी बसिखाने विचौलियाको जीविको पार्जन चलिरहेको छ ।
यो समस्या हेर्न शनिबार र बुधबार लाग्ने दिक्तेल बजारको हाटडाँडा पुुग्ने सबैलाई छुुट छ । यहाँ सरकारी तथा गैर सरकारी कर्मचारीहरु, विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरु बाक्लै बस्दै आएका छन् । उनिहरुले दाल तरकारी तथा फलपूmलहरु किनेर नै खाने हो । सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीहरु पहिलो उपभोक्ता हुन् भने कलेज वा विद्यालय पढ्ने विद्यार्थी, बालबच्चा पढाउन बसेका परिवारका सदस्यहरु, जिल्लामा क्रियाशिल सामाजिक अभियान्ता, राजनीतिक कार्यकर्ता सबै उपभोक्ताहरु हुन् उनिहरुको पहुँच किसानको उत्पादन सम्म कहिल्यै पुुग्न दिईएन । किसानले पनि आफैले उत्पादन गरेको वस्तु आफ्नै ग्राहक तथा उपभोक्तालाई आफ्नै हातले दिन पाएका छनैन् । मूल्यमा समेत किसानले भनेजस्तो र उपभोक्ताले तिरे जस्तो देखिएन । हाटबजारलाई थोक विक्रेता जस्तो बनाईएको छ । उत्पादक सँग होलसेलमा खरिद गरेर एक चपरी नखन्ने व्यक्ति दरिलो किसानको रुपमा समान बेचिरहन्छ । विहानै ४.०० बजे उठि गएर हाटमा ठेगेकै भरमा उ दिनभरी कृषि उपजको मालिब बन्छ । विढम्बना यस्तो देखिएको छ ।
बजारमा खास व्यापारको कुुनै मापदण्ड नै नभएको जस्तो लाग्नेगरी जताततै तरकारीहरु विक्रि वितरणका लागि राखिएका छन् । उनिहरुको आफ्नै खेति भए बेच्न दिनु आपती भएन बिहानै बजार कब्जा गरेर कम दिनभर किराना पसलसँग तरकारी त राख्न भएननी । भाँडा पसलमा तरकारी, कपडा पसलमा तरकारी, मासु पसलमा तरकारी, होटल तथा रेष्टुरेण्टमा समेत तरकारीको विक्रि केन्द्र भईरहँदा खास बजार छुट्टिएला जस्तो लाग्दैन । यसमा पनि रैथाने उत्पादन भन्दा आयातित समानहरुको विक्रिवितरणले झन उपभोक्ता हैरान छन् । यसका लागि अव सम्बन्धित निकायले चासो दिनुप¥यो । खेति किसान गर्नेहरुलाई प्रेरित गर्न बजारमा विचौलियाको खेलबाड रोकिनु प¥यो । अनिमात्र सहि किसानले जाँगर चलाउने छन् ।
वर्तमान देखिएको बजारको विसंगतीलाई रोक्न सम्ब्न्धित निकाय तथा नगरपालिकाले निश्चित नियम तथा कार्यविधि बनाएर नियमन गर्न अब ढिला गर्नु हुन्न । यो नियमनको प्रकृयामा जान सकेमा वास्तविक किसान र वास्तविक उपभोक्ताको भेट हुने छ । उनिहरुको भेट र किनवेच र लेनदेनले नया उर्जा बढाउने छ । किसानले उत्पादनका लागि जाँगर चलाउने छन् । उपभोक्ताले स्वस्थ्य र ताजा वस्तुहरुको उपभोग गर्ने वातावरण बन्ने छ । यसैका लागि न हो हाट । नत्र त किन हाट लगाउने ? उपभोक्ता र किसान नभेट्ने र सम्बन्धहरु टाढा हुँदै जाने हो भने के अर्थ राख्छ र हाट बजारले ?