खोटाङ । शहिद मोतिचन्द्र राईको जन्म २०१८ साल साउन १८ गते केपिलासगढी गाउँपालिकाको वार्ड नं. ५ का सप्तेश्वरमा भएको थियो । उहाँको बुवाको नाम मणिध्वज राई र आमाको नाम पदम लक्ष्मि राई हो । उहाँले २०३८ सालमा सरस्वति माध्यामिक विद्यालय दिक्तेलबाट एसएलसी परिक्षा पास गर्नु भयो । एसएलसी पास गर्नसाथ २०३८ सालबाटै अस्थायी शिक्षकको जागीर शुरु गर्नु भयो । वि.स. २०४३ सालबाट स्थाई शिक्षक भई तत्कालिन सप्तेश्वर दारेगौँडाको थर्पु डाँडामा शिक्षण पेशालाई निरन्तरता दिन थाल्नु भयो ।
दशवर्षे जनयुद्ध कालमा शिक्षक भएकै कारण उहाँले क्रान्तिलाई केही आर्थिक सहयोग र क्रान्किारीहरुलाई खानावासको व्यवस्थापन गरिदिनु हुुन्थ्यो । यही समयमा शिक्षक भएको नाताले उहाँ खोटाङ जिल्लाको सदरमुुकाम दिक्तेल स्थित जिल्ला शिक्षा कार्यालयमा विद्यालय कामका लागि आउँदा सेनाले गिरिफ्तार गरी पक्राउ ग¥यो । तत्कालिन इन्द्रध्वज गण मुुढे ब्यारेकमा राखिएको उहाँलाई २०५९ साल जेठ १८ गते शैनिक हिरासत भित्रै मारियो । त्यसबेला गाउँले लाई विना जानकारी मारिएपछि दिक्तेल बजारमा बस्दै आएका प्राध्यापक धनकर्ण श्रेष्ठहरु पुुगेर मुुढेमा नै उहाँको सतगत गरिएको थियो ।
मोतिचन्द्र राईका हाल श्रीमति, २ छोरा र २ बुहारी गाउँमै बसेका छन् ।