मुटु रोग बाट बच्न के के गर्नु पर्छ ?

नेपालमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र गंगालाल हृदय केन्द्रमा मुटुको विशिष्ठिकृत अस्पताल हुन्। हरेक प्रादेशिक तथा जिल्ला स्तरका अस्पतालहरूमा समेत मुटुको उपचार हुन्छ। धेरै समस्या परेमा मात्रै यी अस्पतालमा आउनुपर्छ। मुटुरोगको सेवा भने अस्पतालबाट पाउन सकिन्छ। अपरेसन गरेको बिरामीको समेत स्वास्थ्य चौकीबाट समेत औषधी पाउन सकिन्छ। मुटुको स्वास्थ्यका लागि हेल्थ पोष्टदेखि विशिष्टिकृत सेवा भएका अस्पताल छन्।

 

बेस्सरी बायाँ छाती दुखेर आउने, श्वास फेर्न गाह्रो हुने, खुट्टा सुन्निने, चक्कर लाग्ने बेहोस हुने लगायतका समस्या लिएर बिरामी अस्पताल आउँछन्। शरीरका औंला, जिब्रोको टुप्पो निलो हुने, हिँड्न नसक्ने, मुटुको धड्कन बढ्नेजस्ता समस्या लिएर बिरामी आउँछन्।

अहिले जन्मजात मुटु रोग, मुटुको मांसपेशीको रोग, हृदयघात लगायतका समस्या धेरै छन्। सुगर, प्रेसर भाइरल इन्फेक्सनले मुटुलाई असर गर्नेसमेत हुन्छ।

केही सेवाबाहेक नेपालमा मुटु रोगको उपचार अन्तर्राष्ट्रिय स्तरको हुन्छ। नेपालमा अपरेशन गरेर र नगरीकन हुने धेरै खालका उपचार सम्भव छ। मुटु उपचारको लागि काठमाडौंबाहिर समेत सेवा विस्तार भइसकेको छ। नेपालमा मुटुको प्रत्यारोपण र कृत्रिम मुटु राख्नेबाहेक सबै खालका सेवाहरू उपलब्ध छन्। यसका लागि सरकारले पहल गरेमा असम्भव भने छैन।

मुटुका लागि सबैखालको सेवा उपलब्ध भए पनि यो रोग लाग्न नदिनु नै महत्वपूर्ण हो। मुटु स्वस्थ राख्ने मुख्य टिप्सहरू यसप्रकार छन्।

  •  दैनिक ६ देखि ८ घन्टा राम्रोसँग निदाउनुपर्छ।
  • व्यायाम,योग र ध्यान गरेर तनाव हटाउनुपर्छ।
  • रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ।
  • सुगरलाई नियन्त्रण गर्नुपर्छ।
  • दिनमा कम्तीमा आधा घन्टा छिटो छिटो हिँड्नुपर्छ।
  • त्यसरी हिँड्दा मुटुको धडकन थाहा पाउनुपर्छ भने पसिनासमेत आउनुपर्छ।
  • सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
  • मध्यपानको सेवन नगर्ने।

हृदयघात भएको र मुटुको समस्या भएकाले नियमित मुटुको परीक्षण गरिरहनु पर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार