साप्सुको किनारमा धर्मसाला निर्माण

सुनिता तिरुवा
दिक्तेल ३१ वैशाख÷ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ५ लफ्याङ अन्तर्गत चालिसे दोधानमा पर्ने साप्सु खोला किनारमा धर्मशाला निर्माण गरिएको छ । करिब १५ मिटर लम्बाई वरावरको करीब एक सय जना मानिस अटाउने ट्रसवाला धर्मशाला निर्माण भएको हो ।
मसान घाटका रुपमा निमार्ण गरिएको सो भवनको प्रदेश नं १ का उर्जा विकास मन्त्री श्री राम कुमार राई (पासाङ) को पहलवाट निर्माण कार्य सम्पन्न भएको जनाईएको छ । त्यसै गरी आ व २०७८÷०७९ को सडक निर्माण मन्त्रालयवाट दि.रु.म.न.पा. वडा नं. १ देखि वडा न.५ लफ्याङ र वडा नं. ४ खाल्लेमा अवस्थित रहेको मनमाया राई विमान स्थलसम्म जाने सडक विस्तारको काम निर्माण व्यवसाय शशि राईको फर्मले अठतिसलाख ७५ हजारमा काम जिम्मा लिई निमार्ण कार्य संचालन भइरहेको छ ।
दिक्तेल मझुवागढी नगरपालिका वडा नं. ५ लफ्याङ च्यानडाँडा देखी पुराना गाउँ हुदै चालिसे दोभानमा रहेको मसान घाटमा जाने सडक स्तरउन्नतीको लागि ओखलढुङ्गा सडक बोर्डले रु ६ लाख रुपैयाँ र दि।रू.म.न.पा.को कार्यलयले रु. २ लाख रुपैया वजेट लगानी गरि जम्मा ८ लाख रुपैयाको लागतमा काम गर्ने सडक मर्मत उपभोक्ता समितिका अध्यक्ष श्री गिरीराज घिमिरेले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार