बाँसको व्यापारबाट आश

बाँसको व्यापारका संभावनाको छलफल पछि प्रतिनिधी सभा सदस्य माननीय रामकुमार राई पासाङ र जिल्ला समन्वय प्रमुख सनबहादुर राई‘बाँसको व्यापार गर्न सके आश बढ्ने रहेछ’ जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले आफ्नो विचार सुनाउँछन् । दिक्तेल बाट साकेला गाउँपालिका जानेक्रममा नेर्पामा मलिबाँसको टुक्रा गाडिमा लोड गर्दै गरेको देखेपछि उनले त्यो अनुभव सुनाएका हुन् ।

यस्तै बाँसबाट अन्य थुप्रै आम्दानी लिन सकिने संभावना रहेको बारेमा प्रतिनिधी सभा सदस्य रामकुमार राई पासाङले थप्छन् ‘बाँसको धेरै जसो काम शहरमा देखियो, हाम्रो पाखामा त्यतिकै सुकिरहेको बाँसलाई राम्रो आम्दानीको श्रोत बनाउन सकिने संभावना छ ।’

खोटाङ जिल्लाको अधिकांश भु–भागमा बाँस पाईन्छ । विशेष गरेर यहाँ पाईने बाँस मध्ये धेरै जसो मलिबाँस हो । खोला खोल्सि, पाखा पखेरुमा पाईने ढुंग्रवाँस, चोया बाँस, भालुबाँसहरु मध्ये धेरै दह्रो बाँसमा मलिबाँस पर्दछ ।

मलिबाँसको उपयोगिताको बारेमा धेरैलाई थाहा छ । तर धेरै जसो भने थाहा छैन । मलिबाँसको उपयोग गाउँघरमा गोठ बनाउन, बारबेर गर्न, टाट्ना बार्न, खरले छाउने घरबो डाँडा भाटा गर्न, चोया काडेर चित्रा, डोको, डालो, नाङ्लो, ढाकी, खुङगी जस्ता यावत समानहरु बनाउनमात्र काम लाग्छ भन्ने हाम्रो बुझाई रहेको छ ।

पछिल्लो समयमा बाँसको फर्निचरहरु बनाउन थालेपछि यसको उपयोगिता थपिन थालेको छ । बाँसको विभिन्न किसिमका फर्निचरहरु कुर्सी, टेवल, बेन्च, ¥याक, दराज बन्न थालेका छन् । यसले थप व्यवसायीक बाटोमा ‘बाँसको व्यापारले आश’ पलाउदै गएको छ ।

प्रयोगका हिसाबले मलिबाँस यति उपयोगी हुन थालेको छ कि हामीले दैनिक बाल्ने सिन्के धुपको सिन्का मलिबाँसकै बन्ने गर्छ । यस्तै साना तथा ठुला होटलहरुमा दाँत कोट्याउने सिन्का यहि बाँसको प्रयोगबाट बन्ने गर्छ । यस्ता किसिमका धेरै सामग्रीहरु बन्ने बाँसको अहिले बजार बढ्दै गएको छ ।

अहिले तराई तथा काठमाडौँको बजारमा खोटाङको मलिबाँस पाईन्छ । गाउँमा प्रति घाना ९० रुपैया पर्दछ । एक गाडी लोड गर्दा जम्मा ६ हजार घाना बाँस निर्यात गर्न सकिन्छ । जसको हिसाब गर्ने हो भने जम्मा ५४ हजार रुपैया बाँसको धनिले प्राप्त गर्न सक्छन् ।

अहिले सम्म खोटाङबाट निर्यात हुने बाँसको आम्दानी गर्न सक्दा राम्रै लाभ लिन सकिने देखिएको स्थानीयहरुले बताएका छन् । तर बाँस काट्दा भने छिपिएको मात्र काट्ने बच्चा हुर्काउने प्रविधिको भने विकास गर्न जरुरी छ ।


किकोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार