साकेला गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु (तस्विरहरु सहित)

खोटाङ
फागुन, ७ आईतबार । साकेला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता साकेला गाउँपालिकाको नौलाखर्क खेल मैदानमा शुरु भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधीसभा सदस्य रामकुमार राई पासाङले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।

साकेला गाउँपालिका ३ सिद्धेश्वरी माध्यामिक विद्यालयको व्यवस्थापनमा शुरु भएको रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्रतिनिधीसभा सदस्य रामकुमार राईले साकेला गाउँपालिका भित्र रहेको खेल मैदानहरुको स्तर उन्नती गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले खेलकुद भनेको अनुशासन, गतिशिलता र शाररिक सु–स्वाथ्यकालागि अत्यावश्यक रहेको बताउनु भयो ।

स्थानीय सरकारले खेलकुदलाई प्राथामिकतामा राखेर विद्यालय स्तरको साना साना प्रतियोगितामात्र होइन अन्य प्रतियोगिताहरुको व्यवस्थापनमा समेत लाग्नु पर्ने सांसद राईको भनाई थियो । उहाँले पालिका बाहिरका प्रतियोगिताहरुमा समेत साकेला गाउँपालिकाको प्रतिभाहरु पठाएर उत्कृष्टता प्राप्त गर्दा सिँगो साकेला गाउँपालिकाको नाम रहने बताउनु भयो ।

फरक प्रसँगमा सांसद राईले पालिकाको तर्फबाट विकास निर्माणको काममा निरन्तर अनुगमनको आवश्यकता औँल्याउँदै भौतिक पूर्वाधारको विषयमा गम्भिर हुन पालिकाका जन प्रतिनिधी तथा अभिभावकहरुलाई आग्रह गर्नु भएको छ । उहाँले खेल मैदान नजिकै रहेको सडकको नाली निर्माणमा आफुले चित्तबुझ्दो काम नभएको पाएकाले यतातिर ध्यानाकर्षण समेत हुनु पर्ने बताउनु भयो ।

गाउँपालिका प्रमुख रवि प्रकाश राईको अध्यक्षतामा भएको प्रतियोगितामा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, विशेष अतिथि रहनु भएको कार्यक्रममा शिद्धेश्वरी माध्यामिक विद्यालयका शिक्षिकाहरुले साम्ुहिक नृत्य प्रस्तुत गर्नु भएको छ ।

साकेला गाउँपालिका भित्र रहेको ५ वटा माध्यामिक विद्यालयहरुको विद्यार्थीहरु सहभागि हुने प्रतियोगिताको उद्घाटन कार्यक्रमको स्वागत उप–प्रमुख विर्सिका राईले गर्नु भएको छ । प्रतियोगितामा विभिन्न लामा छोटा दौड, लङ जम्प, हाईजम्प, शटपुटका साथै छात्र तथा छात्रा भलिबल लगायतको १९ प्रकारको खेलकुद समेटिने छ ।

तस्विरहरु ः–

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार