कृति समिक्षा : कैफियत भित्रको संगाती

हीरा रिजाल

कैफियत पुस्तकका लेखक जन्मेको गाउँ ताप्लेजुङको लिङ्खिम हो । यस्तै हाल एमालेका अध्यक्ष केपी ओली पनि दक्षिण ताप्लेजुङ कै हुन । यो पुस्तकका विभिन्न लेखमा ओलीप्रति असन्तुष्ट देखा परेका छन् । यसको व्याख्या उनै बेसारे, जन्तरे कम्युनिस्ट भनेर चित्रित गरेका वामपन्थीहरुलाई के भन्ने ? कसलाइ सही कम्युनिस्ट भन्ने कसलाई गलत भन्ने यो नै कठीन काम हुन जान्छ । नेपालमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारीका साथै बुढा कम्युनिस्ट नेता मोहनविक्रम सिंह, चित्रबहादुर केसी कस्ता कम्युनिस्ट हुन ? नारायणमान विजुक्छे, मोहन वैद्य किरण, सीपी मैनाली, सीपी गजुरेलहरुलाई कम्युनिस्ट नेता मान्ने की नमान्ने ? माक्र्सवादको कुन भाष्य पढेर यिनीहरु अलग अलग गुटमा बसेका हुन हामीले बुझ्नु पर्ने यथार्थ यहि हो ।

सत्ताको हानाथाप गर्ने, गठबन्धन बनाउने विगार्ने, फेरी सपार्ने स्वार्थमय सत्तालिप्साको बाङ्गोटिङ्गो यात्रा गर्ने केपी ओली तथा जनयुद्धका महान ऐतिहासिक छलाङ पार गरेर सत्ताको चाबी अड्काउने र फुकाउने ठाउँमा पुगेका क्रान्तिकारी कमरेड प्रचण्ड र मालेदेखि एमालेसम्म अगुवा भूमिका निर्वाह गरी प्रधानमन्त्रीसम्म भएका माधवकुमार नेपाल र झलनाथ खनाललाई कुन श्रेणीमा राख्ने ? यो प्रश्नको उत्तर आफुलाई जस्तो सजिलो लाग्छ त्यसरी दिन सकिन्छ । तर, यो संघीय गणतन्त्र देशमा आइसकेपछि पनि वैज्ञानिक समाजवादको वकालत गर्ने ‘आहुती’देखि क्रान्तिको धङधङी बोक्ने नेत्रविक्रम चन्दलाई कसरी व्याख्या गर्ने ? कम्युनिस्टहरुको बहुरुप देखेर असन्तुष्ट छन लेखक ।

एक हदमा यो सही पनि हो, लेखकको हेराई हिमालतिर छ । हलो, गोरु र लाठेमा हाम्रो कृषिमा यी तीनै पक्षको के महत्व छ भनेर विभिन्न कोणबाट लेखकले पस्किने काम गरेका छन् ।
तीनजना जनजातिको एउटा कथामा विगतको तितो यथार्थसंग गाँसिएको छ । पूर्व तीरका जान्ने बुझ्नेहरुलाई यो कथाको व्यथा प्रायः थाहा छ । यो कथा पढेर पाठकहरुले छुट्याउन नसके, खुला हृदयका लेखक भवानी बराललाई सोझै मोबाइलमा सोधे भैहाल्छ ।

सिंह दरबार, सिंह, स्याल र गन्दर्भहरुसंग जोड्दै झलकमान गन्दर्भले गाएको आमाले सोध्लिन नी खोई छोरा भन्लिन, रन जित्दैछ भन्ने गीत उल्लेख गर्दै सिंह दरबार आगलागीको प्रसंग जोडेरं १९०३मा चन्द्र शमसेरले कसरी कसरी नेपाल सरकारलाई हस्तान्तरण गरी खाए भन्ने प्रसंग कोट्याउँदै आगलागिमा अगाडिको भाग बचाउन राजा विरेन्द्ले कसरी सेनालाइ आदेश दिए भन्ने प्रसंग रोचक ढंगले प्रस्तुत गरेका छन् ।

संक्षेपमा देशमा भएका घटनाहरुलाई ५८ वटा विभिन्न शिर्षक दिएर लेखेका लेखहरु कुनैपनि सोझो रुपमा देखा पर्दैनन् । कसैलाइ तलबाट, कसैलाइ माथिबाट, कसैलाई औंला ठड्याएर, कसैलाइ भारतको हरियाणा राज्यको आयाराम गयारामसंग दाँजेर एमालेका अध्यक्ष केपी ओलीलाई बामाले बनाएर, राप्रपाका राजेन्द्र लिङ्देनले कुनै अमुक ठाउँमा भाषण गर्दा नेता सबै चोर हुन भन्ने प्रसंगसमेत जोडेर अन्त्यमा सिंहको तुरुप हर्कराजलाई टिप्स भन्ने लेखमा धरानका निर्वाचित नगर प्रमुखले मिडिया फेसबुकमा दिएको आदेशलाई डा. केआइ सिंह देशको प्रधानमन्त्री हुँदा भ्रष्ट कर्मचारी पजनी गर्दा आफ्नै पद चैट् भएको रोचक प्रसंग जोडेर लेखकले आफ्नो व्यंग्यात्मक शैलीमा अंक थपेका छन् ।

पुस्तकको विषय सूचीमा २४३मा अन्त्य गरिएकोमा पेज पल्टाउँदा २३४ देखा प¥यो । स्वतन्त्रताको स्वतन्त्रता भाटा र लौरोको उस्तै कथामा प्रदेश नं. १ को नामाकरणको आधार २५२मा अन्त्य भएको पाइयो । यो के भएको हो लेखक महोदयले कञ्चन प्रिण्टिङ प्रेसका प्रुफ रिडरलाई सोध्नु पर्ने हुन्छ ।

खण्ड ख को अर्थ र अन्तराष्ट्रसम्बन्धमा समाबेश गरिएको नौ लेखमा पहिलो चर्चा एमसीसीको छ भने चतुर्भुज आक्रमणको तयारीमा अमेरिका, जापान, भारत, अष्ट्रेलियाको हिन्द प्रशान्त क्षेत्रमा राजनैतिक साझेदारी गरी चिनको बढ्दो प्रभावलाइ निस्तेज पार्ने क्वाड सम्झौतालाई विश्लेषण गरिएको छ ।

देशका सहकारीको क्षेत्रमा लागेका अगुवाहरु र अरु जिज्ञासुहरुलाई पनि अर्थतन्त्रमा सहकारी प्रभाव पढ्नलायक लेख छ । विश्व सहकारी आन्दोलनको इतिहासलाई समेत गाँसेर तयार गरिएकोले यसको आकर्षण बढेको छ ।

चिनको नजरमा एमसीसी नेपालको स्वाधिनता धरापमा भन्ने लेखमा नेपालको स्वाधिनता धरापमा पर्ने कुरा उठाएर नेता तथा नेपाली जनतालाइ सतर्क गराएका छन् । सित्तैमा सियो पनि पाँइदैन भन्ने लेखमा पनि चिनिया पत्रकार चाउ सेङ पेङको लेख कोट्याउँदै, माओवादी नेता गोपाल किरातीको एमसीसीको बारेमा जनमत संग्रह गरिनु पर्ने माग आदिको चर्चा गरेका छन् । एमसीसीले नेपाल, चीन, भारत तीन देशलाई कस्तो असर गर्छ यसबारे व्याख्या गरिएको छ ।

एसिया र एसीयाली विकास बैंक (एडिवी) लेख ज्यादै पठनीय छ । यसले एडिवीको गठन, शेयर, साझेदारी तथा नेपालका परियोजनाहरुमा यस्को लगानी र जापानको आर्थिक नेतृत्व बारे व्याख्या गरिएको छ । चिन र दक्षिण एसियाली आर्थिक मार्ग भन्ने लेखमा चिनको सिन्जियाङ प्रान्तबाट पाकिस्तानको ग्वादर बन्दरगाहसम्म निर्माण गरिने हाइ वे, रेल वेको मेघा प्रोजेक्ट र त्यसबाट भविष्यमा हुने अन्तराष्ट्रिय व्यापार बारे सान्दर्भिक जानकारी दिएका छन् आफ्ना पाठकहरुलाई ।

ओलीको पञ्चलाइन, बेसारे रंग, रामबहादुरका दुइटा कुरा, बहुदल र निर्दल, बादलको काल्पनिक घुम्टोमा छिरेर रामबहादुरका दुइटा कुरा, गिताङ्गे अर्थका बादल मणीमा लेखकले सम्बन्धित नेताहरुलाइ मर्मभेदी व्यंग्यबाण हानेका छन् । प्रस्तुत शैलीमा चतु¥याँई पनि छ । केप्ली बा आइ लप यु, मेरो टोपी ओलीको फेर जस्तो, मूलभूतरुपमा नेपाल ओली वार्ता यी चार लेखमा ओलीप्रति हाम्रा अनुभवी पत्रकार पुरै खनिएका छन् ।

मओवादी केन्द्रसंग नजिकैको साइनो भएकोले प्रेस काउन्सील नेपालको अध्यक्ष समेत भैसकेका बरालले भूपू माओवादीको विजोग बैठक, भूपू माओवादीको दोस्रो इनिङमा माओवादीका उतार चढाउ तथा दायाँबायाँ कोल्टे फेराइलाई विश्लेषण गरी राम्रो फेहरिस्तमा उतारेका छन् । केही लेख छोडेर किताब पुरै कतै गीतको लयमा छ भने जेवी टुहुरेको स्मरणमा उनले पुरा इमान्दारिता देखाएका छन् । मैले जेवी र लेखकलाई अतितको कुनै समयमा मलाइ तिथीमिती त याद छैन तर झापाको हँडिया बुधवारेको स्कूल प्रांगणमा मञ्चमा गीत गाउँदै गरेको मैले देखेको हो । धरानको सैनिक विश्राम भवनमा पनि उनको गायन सुनेको छु । यसर्थ लेखक गीत गायनका पनि पारखी हुन ।

धरानका चीरपरिचित व्यक्तित्वहरु अकलबहादुर मेन्याङ्बो साब, कृष्ण कोइरालाहरुको जीवनसंग सम्बन्धित घटनाक्रमलाई पनि समेटेर यस पुस्तकको आकर्षण बढाए लेखक साँइला भाइले । म पनि यसमा गौरब गर्छुु किनकी म पनि साँइलो रिजाल हुँ ।

अन्त्यमा यिनले भट्टराई थर भएका अतितमा कुनै कालखण्डमा देशको प्रधानमन्त्री पदमा समेत आसिन शन्त नेता कृष्णप्रसाद भट्टराई तथा कमरेड प्रचण्डलाई औंला ठड्याएर अलग भएका तर फेरी प्रचण्ड कै काखमा बस्न पुगेका मेधावी बाबुराम भट्टराईको कथा समायोजन गरी यो किताबको वजन बढाएका छन लेखक बरालले ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार