“सामुदायीक विद्यालय सुधार गर्न अभिभावको पनि उतिकै हात रहन्छ” – सांसद रामकुमार राई (पासाङ)


रावावेसी
माघ, ७ आइतबार । प्रतिनिधी सभा सदस्य रामकुमार राई (पासाङ)ले सामुदायीक विद्यालयको उत्पादन नीजि भन्दा उत्तम रहेको बताउनु भएको छ । आईतबार जिल्ला को रावावेसी गाउँपालिका १ दम्कु स्थित कालिका आधारभुत विद्यालयको वार्षिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

कालिका आधारभुत विद्यालयको ४३ औ बार्षिक समारोहको उद्घाटन कार्यक्रममा बोल्दै सांसद राईले नीजि विद्यालय भन्दा बढी सामुदायीक विद्यालयमा बढी सेवा सुविधा रहेको बताउनु भएको छ । अभिभावकहरुले नीजि विद्यालय र सामुदायीक विद्यालयलाई हेर्ने दृष्टिकोणमा समस्या भएकाले अहिले समस्या देखिन थालेको पनि बताएका छन् ।

‘सरकारले लगानी गरेको सामुदायीक विद्यालयमा सबै किसिमका सेवा सुविधा छन् , नीजि विद्यालयका शिक्षकहरु भन्दा राम्रै सेवा सुविधा उपलब्ध गराएको छ । तर अभिभावक ज्युहरुको मानसिकता ‘बोर्डिङ गए खाजा सामुदायीक विद्यालय गए रितै’ भन्ने मानसीकता समस्याको जड हो ’ सांसद राईले भन्नु भयो । उहाँले सरकारले सामुदायीक विद्यालयमा गरेको लगानी प्रति आम शिक्षक तथा अभिभावकले साथ दिने हो भने सरकारी स्कुल कमजोर नहुने दावि गर्नु भएको छ ।

हाल सम्मको शैक्षिक जनशक्ति र राज्यको पहुँचमा रोजगार पाउने अर्थात लोकसेवा आयोग, शिक्षा आयोग, लगायतका सरकारी जागीरहरुमा र अन्य व्यवसायीक पेशाहरुमा सामुदायीक विद्यालयको उत्पादन नै प्रभावकारी रहेको पनि बताउनु भएको छ ।

कार्यक्रमका विशेष अतिथि खोटाङ प्रदेश नम्बर १ प्रदेश सांसद पाचकर्ण राई (पिके) ले शिक्षा क्षेत्रमा देखिएका कैयन समस्याहरु नीतिगत पनि रहेको बताउनु भएको छ । उहाँले शिक्षा क्षेत्रमा परिवर्तन गर्न शैक्षिक नीति तथा कार्यक्रम मात्र नभई ऐन कानुन्हरुको समेत सुधार गर्नुपने विचार राख्नु भएको छ । उहाँले यसका लागी प्रदेशमा आफुले र केन्द्रमा रामकुमार राईले बहस गर्ने बताउनु भएको छ ।

माघ ५ गतेबाट शुरु भएको विद्यालयको ४३ औ वार्षिक उतसव समारोहमा विभिन्न अतिरिक्त कार्यक्रमहरु समेत संचालन भएका छन् । जसमा आज भएको नृत्य प्रतियोगितामा खोटाङ रंगमञ्च प्रथम, नुनथला दोस्रो र दम्कु तेस्रो भएका छन् भने खार्पाले सान्त्वना स्थानको पुरस्कार प्राप्त गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार