दिक्तेल
माघ,५ बिहिबार । जिल्ला प्रहरी कार्यलय खाेटाङले नगद,सुन,पुराना पैसाहरु तथा लत्ता कपडा लगायत चाेरी ३ आराेपीलाई सार्वजनिक गर्दै जिल्ला अदालत खाेटाङबाट म्याद थप गरिएकाे छ । प्रहरीमा परेकाे निवेदनकाे आधारमा सूक्ष्म अनुसन्धान पछि दिक्तेल मझुवागढी नगरपालिका १ दिक्तेल बस्ने बर्ष १९ को कृष्ण बि.क. र वडा न ४ खाल्ले बस्ने बर्ष २२ को ईन्द्र बहादुर बि.क.लाई पक्राउ गरि म्याद थप गरिएकाे हाे ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङ घिमिरे चोकको एक घरबाट मिति २०७९ मंसिर १३ गते नगद,सुन,पुराना पैसाहरु,लत्ता कपडा लगायत पुराना मुल्यवान सिक्का पैसाहरु समेत गरी कुल मुल्य ५लाख ७१ हजार रुपैया बराबरको चाेरी भएकाे निवेदन परेकाे थियाे । यस्तै यसै नगरपालिका वडा नम्बर २ कलेज राेड स्थित घरबाट मिति २०७९।०८।२० गते सुन,चाँदी,पुराना सिक्का पैसाहरु समेत गरी कुल मुल्य ३ लाख ७२ हजार बराबरको चोरी भएको समेत निवेदन प्रहरीमा परेकाे थियाे ।
निवेदनपछि प्रहरीले यसका बारेमा सुक्ष्म अनुसन्धान अगाडि बढाएकाे जनाएकाे छ । अनुसन्धान पछि आराेपीहरुकाे घर खानतलासी गर्दा चोरी भएका सामानहरु मध्ये नगद ९८ हजार रुपैयाँ र विभिन्न प्रकारका सिक्काहरु,लत्ता कपडा,चाँदीको चुरा लगायतका नगद र सामानहरु बरामद गरिएको छ ।
साथै वारदातमा चोरी भएको सुन खरिद गर्ने सुन पसले दिक्तेल रुपाकाेट मझुवागढी १ बस्ने बर्ष ३९ को पर्शुराम बि.क.लाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाउन अदालत बाट म्याद थपेकाे छ ।