अखिल क्रान्तिकारीद्धारा क्याम्पस सरसफाई

खोटाङ, २० भदौ/ नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले सोमबार दिक्तेल बहुमुखी क्याम्पस परिसरमा सरसफाई कार्यक्रम संचालन गरेको छ । संगठनको ‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ अभियान अन्तर्गत क्याम्पस सरसफाईको आयोजना गरिएको हो ।

अखिल क्रान्तिकारीका प्रदेश सचिव डि आर खड्काको प्रमुख नेतृत्वमा शुरु भएको सरसफाई कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । सरस्वती माध्यामिक विद्यालयका विद्यार्थी समेत सामेल भएको कार्यक्रममा शैक्षिक संस्था आफ्नै घर भएकाले सरसफाई गर्नु पर्ने नेता खड्काले बताए ।

दैनिक ज्ञान आर्जन गर्ने संस्थाहरु फोहोर मैलाको बिचमा रहँदा क्याम्पस वा शैक्षिक संस्थामा आवद्धहरुको दिमागमा समेत असर पुग्ने भएकाले स्वच्छ र सफा शैक्षिक संस्था बनाउने अभियानमा लागेको खड्काको भनाई रहेको छ ।

अभियानमा अखिल क्रान्तिकारीका जिल्ला संयोजक एकराज बुढाथोकी, सह संयोजक लक्ष्मि राई, सचिव भुवन आचार्य लगायतका जिल्ला सदस्य तथा विभिन्न तहका विद्यार्थी नेता कार्यकर्ताहरुको सहभागिता रहेको जिल्ला सचिव भुवन आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार