ऐसेलुखर्कमा माओवादी केन्द्रले खाता खाेल्याे, मओवादी केन्द्रका पुरुषत्ताेम भए वडाअध्य
ऐसेलुखर्क/ स्थानीय तहकाे निर्वाचनमा ऐसेलुखर्क गाउँपालिकामा नेकपा माओवादी केन्द्रले खाता खाेलेकाे छ । ऐसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखामा माओवादी केन्द्रका पुरुषाेत्तम राजभण्डारीले ३४६ मत ल्याउँदै विजयी भएका हुन् । नेपाली कांग्रेसका उत्तम राईले ३१७ मत पाएका छन् ।
यसैगरी माओवादी केन्द्रका तर्फबाट महिला सदस्य आशा राई, दलित महिला सदस्य काेपिला बि क र खुल्ला सदस्यमा नेपाली कांग्रेसका पर्शुराम सुनुवार र रमेश दाहाल विजयी बनेका छन्।