हलेसीमा अध्यक्ष ओली, स्कन्ध पुराण र ८/१२ को समय सिमा

भिम राई

चैत्र १९ गते शनिबार । खोटाङ जिल्लाको त्रिधार्मिक स्थल हलेसीमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्गप्रसाद अर्था केपि शर्मा ओलीले पहिलो चोटी पाईला टेके । जिल्ला सदरमुकाम दिक्तेलमा आयोजना भएको नेकपा एमालेको आम शभालाई सम्बोधन गर्न आएका ओलीले हलेसीको दर्शन गरेर सिद्राको व्यापार गर्न आयोजकले कार्यक्रमको मेलो मेसो बसाएको थियो ।

खोटाङ जिल्लाभरी एमालेको रौनकता रन्काईएको थियो । हलेसी हुँदै पार्टी अध्यक्ष आउने भएपछि एमाले पक्षिय नेता कार्यकर्ताको दौडधुप हुनु नौलो कुरा रहेन । यो सँगै युवा, विद्यार्थी, शिक्षक, कर्मचारी, निर्माण व्यवसायी लगायतका सबै एमालेको शक्ति १९ गतेको आम सभा केन्द्रित भयो । गाउँ गाउँबाट एमालेका समर्थक शुभचिन्तकलाई दिक्तेल बजारको माटीकुरै खेलमैदानमा उतार्नु एमालेले न्वरान देखिको बल लगायो । ना भन्दै १९ गते एमालेको आमसभामा मानिसहरु हेर्न लायक उपस्थित भए ।

जिल्लामा भएका कार्यक्रमहरुमा एउटा राजनीतिक दलले गरेको आमसभाहरु मध्ये ऐतिहासिक भेला एमालेले देखायो । भलै के कसरी कार्यक्रममा उपस्थित गराईयो त्यो उनिहरुको कौशलताको बारेमा केही नभनौँ । यद्यपी एमालेले भव्य जन भेला गराएरै छाड्यो । विरोधी राजनीतिक दलहरुलाई एक धक्का दियो । शक्ति प्रदर्शनको यात्रामा एमाले अब्वल देखियो ।

एमालेका पोलिटव्युरो सदस्य तथा खोटाङका इन्चार्ज विशाल भट्टराईका अनुसार ओलीको खोटाङ यात्रा तेस्रो पटक हो । उनी यस अगाडि २०५६ सालको निर्वाचनमा खोटाङ जिल्लाको दुई स्थानमा चुनावी सभामा आईसकेका हुन् । उनको यो भ्रमण तेस्रो हो । आफ्ना जीवनसंगीनी राधा शाक्यसँग खोटाङ आएको यो पहिलो पटक हो ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली १९ गते बिहान ९.०० बजे हलेसीमा आउने भनिएको भएपनि उनले समय घर्काएर आए । उनि सँगै माओवादी केन्द्र त्यागेर एमालेमा गएका नवएमाले अर्थात पूर्व उपप्रधान तथा गृहमन्त्री पार्टीका उपाध्याक्ष रामबहादुर थापा बादलपनि लहरमा उभिन आएका थिए ।

शुरुमै हलेसी आउने भनेपछि स्थानीय पत्रकारको टोली हलेसी पुगेको थियो । हलेसीमा जम्मा भएका पत्रकारहरुसँग अध्यक्ष ओलीले कुराकानी गर्ने कार्यक्रम प्रेस चौतारीले उर्दि गरेको थियो । समयमै पत्रकारको टोली हलेसी पुग्यो । अध्यक्ष ओलि आगमन ढिला भयो । आएपछि अध्यक्ष ओली र पत्रकारहरु आमने सामने बसेर पत्रकार सम्मेलनमा सहभागी भए । उनले राजनीतिको विषयमा बोल्न रुचि देखाएनन् । हलेसीका बारेमा मात्र केही कुरा गर्ने शुरुमै बताएका ओलीले आफ्नो व्याक्खा शुरु गरे ।

स्थानीय व्यवस्थापनले तयार पारेको माईकले उनलाई घरी घरी अफ्ठ्यारो बनायो । सम्बोधनको क्रममा हलेसी महादेवको बारेमा उनले चर्चा गरे । स्कन्ध पुराणमा लेखिएको वषसुर राक्षसको कसरी भष्म भयो भन्ने कथा सुनाउँदै उनले महादेवलाई मोहित बनाउने राक्षस वृषासुर, उनले महादेवबाट पाएको वरदान, वृषासुरले महादेवलाई सक्न गरेको हर्कत, अन्तमा विष््णुले अप्सराको रुप धारण गरेर वृषसुरलाई भ्रममा पारी समाप्त गरेको कथासँग हलेसीको उत्पतीलाई जोडिएको कथा सुनाए ।

बौधधर्मवालम्बीहरु सँग जोडिएको कथापनि उनले संक्षेपीकरण गरेर सुनाए । बौध धर्मगुरु पद्मसंभवले तपश्या गर्न आए । आफ्नो तपश्या पुरा भएपछि उनले यो ठाउको पवित्रतालाई कदर गरेको भन्दै बौधधर्मावलम्बीको आस्थाको कारण प्रमाणित गर्ने प्रयासपनि गरे ।

यस्तै किरातधर्मावलम्बीहरुको समेत आस्थाको कुरा राख्दै राई अर्थात राजा रहेको ठाउँ भएको भन्दै सायद चाम्लिङ हुनुपर्छ भन्दै अनुमान पेश गरे । उनले हिन्दुधर्मावलम्बीले शिवको पुजा गर्ने र किरातले पनि शिवको पुजा गर्ने भन्दै दुवैको आस्थाको केन्द्र रहेको भ्रम समेत पोखाए । ‘किरातीहरुले पनि शिवको पुजा आराधाना गने भएकाले’ भन्ने शब्दको प्रयोग गर्दै किरातहरुको छुट्टै धार्मिक विशेषता मुन्दुमी मान्यताको बारेमा अनविज्ञता जस्तै प्रस्तुत गरेका थिए ।

उनको कुरालाई एमाले इतर समुहका व्यक्तिहरुलाई सहज लागेको देखिएन । पत्रकारहरुले यो कुरा पट्यार लाग्दो मान्दै सुने । स्थानीय हलेसीका तुवाचुङ साप्ताहिकले भने समय सिमाको टिपोट गरिरहेको थियो । यसका सम्पादक दिपेन्द्र राई प्रश्नको सुचि तयार पार्दै थिए । अन्तरकृयाको समयमा हतारो भयो । जम्मा दुईजना पत्रकार डम्बरसिँ राई र कृष्ण प्रसाद आचार्यले सवाल राख्न पाए । बाँकी समय अभाव भएको भन्दै कुरा छोट्याईयो । जिल्लाकै अग्रज पत्रकार कृष्ण आचार्यले प्रश्न गर्दै गर्दा एमालेका कार्यकर्ता विक्रम चौलागाईले हस्तक्षेप गर्न कोशिस गरे तर आचार्यले आफ्नो जिज्ञासा राख्ने कोशिस गरे । यसपछि पोलिटव्युरो सदस्य तथा इन्चार्ज भट्टराईले जर्बजस्त प्रश्न छोट्याउन आग्रह गरे । पत्रकार दिपेन्द्र राई र भिम राईहरुको जिज्ञासा राख्ने पालै आएन ।

अध्यक्ष ओलीले उठेका प्रश्नको जवाफ छेलिएर दिए । बरु विपक्षीले एमालेका चुनाव चिन्ह त्रिशुल भनेर खिज्याएको भन्दै अब त्रिसुलनै चलाउने हो भने सबै भष्म हुने व्यंग पोखे ।
यी सबै कार्यक्रम भईरहँदा पनि अध्यक्ष ओलिसँग अपेक्षित र उत्साहित अभिव्यक्तिको प्रतिक्षारत नेता कार्यकर्ताहरुलाई खास उर्जा आएन । यसो भईरहँदा तुवाचुङ साप्ताहिकले समयको टिपोट गरिरहेको थियो ।

तुवाचुङको समाचार अनुसार समय सिमाा ओलिको हलेसी अवतरण मध्यान्हको १२ बजे भएको थियो अर्थात ११.५९ बजे, यसपछि मन्दिर मा १२.८ बजे मन्दिर भित्र १२.१२ बजे ठिक उभिएको । उनले स्कन्ध पुराणको ब्याक्खा गरिरहँदा १२.४९ बजी सकेको थियो ।
अध्यक्ष ओलिले यस बिचमा एमालेले हलेसी विकासको बारेमा गुरु योजना निर्माण भएको र आगामी दिनमा यस ठाउँको विकासको निम्ति सकरात्मक रहेको सन्देश दिए ।

हलेसीमा खास भएको कार्यक्रम अरु त पुजा आजा भयो । मन्दिरमा टिका टालो भयो । फूलमाला खादा अपर्ण गरियो । हलेसी मन्दिर प्रवेश, गुम्बा प्रवेश जस्ता कार्यहरु बाहेक हलेसी मन्दिरलाई व्यक्तिगत हिसाबले दुईलाख रुपैयाँ दान भेटी प्रदान गर्ने घोषणा भए ।
समग्रमा हलेसीमा भएको ओली भ्रमणमा यति नै भएको थियो । तर सम्झनु पर्ने कुराहरु हिन्दु धर्मशास्त्रको स्कन्ध पुराणको कथा भनिनु । ज्योतिष शास्त्रले समय सिमामा चैत्रको १९ गते पर्नु मध्यान्हको १२ बजेको साइत जुर्नु १२ बजेर १२ मिनेट जाँदा मन्दिर भित्र रहनुलाई कसरी हेर्दो हो ?

यतिमात्र होइन अध्यक्ष ओलिको आगमनमा उत्साहित नेता कार्यकर्ता र आम जनसमुदायलाई सदरमुकाम दिक्तेलमा गरेको सम्बोधन समेत छोटो करिब १२ मिनेटमा नै सकिएको छ । यो सबै ८÷१२ को समय सिमाले उर्जा भरिएको कार्यकर्तामा उत्साह छायो की ! छाएन ? त्यो त हेर्न बाँकी नै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार