सिरुवासको विद्यार्थी शैक्षिक भ्रमणमा दिक्तेल

जालपा आधारभुत विद्यालय सिरुवास

चौथोअंग

खोटाङ, २७ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकाको जालपा आधारभुत विद्यालय सिरुवासले आफ्नो विद्यार्थीलाई शैक्षिक भ्रमण गराएको छ । विद्यालयले फागुन २६ र २७ गते खोटाङ जिल्लाको विभिन्न स्थानको ऐतिहासिक भ्रमण गराएको हो ।

विद्यालयका प्रधानाध्यापक राजकर्ण राई र विद्यालय व्यवस्थापन समितिका सदस्य सौराज राईले नेतृत्वमा आएको भ्रमणमा विद्यालयका कक्षा ७ र ८ का ३२ जना विद्यार्थीको सहभागिता रहेको थियो । विद्यालयका ७ जना शिक्षक÷शिक्षिकाले विद्यार्थीहरुलाई भ्रमणको अवधिमा अध्ययन तथा अनुसन्धानमा सहजीकरण गरेका छन् ।

भ्रमणका क्रममा भुलभुले दुधकुण्ड देवधाम तथा पर्यटकीय स्थलको ऐतिहासिक मुल्य, मान्यता एवम् महत्वको विषयमा जानकारी गराईएको छ । यस्तै शुभद्रा मदन फाउन्डेसनले संचालन गरिरहेको विद्यालय र अरु सामुदायिक तथा निजि विद्यालयहरु भन्दा किन र कसरी पृथक छ भन्ने बारेमा अन्तरकृया समेत गरिएको छ । पहिलो दिन बुधवार शुभम फाउण्डेशनका विद्यालय संचालक समिति र शिक्षकहरुसँग अन्तरकृया भएको थियो ।

यसैगरी भ्रमणको दोश्रो दिन दिक्तेल बजार भन्दा माथि रहेको धार्मिक स्थल कालिक भगवती देविको मन्दिर, ऐतिहासिक किरात गढी मझुवागढीको भ्रमण गरिएको छ । यसै गरी विद्यार्थीहरुलाई विभिन्न सरकारी कार्यलयहरुको जानकारी गराउनका साथै उनिहरुको फरक बुझाईको विकासका बारेमा समेत छलफल गरिएको भ्रमणदलका सदस्य सौराज राईले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार